newskoseli.Com

६८ वर्षमा मन्त्री बने ७२ महिला : को हुन् मन्त्री बन्ने पहिलो महिला ?

गणतन्त्रको स्थापनापछि नेपालमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको बहस चल्यो ।

अन्ततः गणतान्त्रिक संविधानले नै ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गर्‍यो । तर, संविधानले तोकेको व्यवस्था संविधान–पालकहरुले नै कार्यान्वयन गरेका छैनन् ।

वर्तमान गणतन्त्रमा पनि महिलालाई सकेसम्म पहुँचमा पुग्नबाट रोक्ने प्रयास भएको देखिन्छ । प्रजातन्त्रदेखि गणतन्त्रसम्म करिव १ हजार ५ सय पुरुषहरु मन्त्री बन्दा महिलाबाट मन्त्री बन्नेको संख्या भने ७२ मात्रै छ ।

महिलाबाट देशकै पहिलो मन्त्री द्वारिकादेवी ठकुरानी १३ जेठ, २०१६ मा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारमा एक मात्र महिला मन्त्री बनेकी थिइन् । २००७ देखि २०७५ सम्म मन्त्री बनेका महिलाहरुबारेको विस्तृत खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर