newskoseli.Com

१०० पर्यटकीय गन्तव्य : ‘हचुवाको भरमा घोषणा’

पर्याप्त अध्ययन र समन्वयबिनै सरकारले ‘उत्कृष्ट सय पर्यटकीय गन्तव्य’ घोषणा गरेको पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेका पर्यटकीय गन्तव्यमा कर्णालीका महत्त्वपूर्ण पूरातात्त्विक, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदा परेका छैनन् । मन्त्रालयले सामान्य पर्यटकीय गन्तव्यलाई उत्कृष्ट एक सयको सूचीमा राखेर पर्नैपर्ने गन्तव्यलाई छुटाएको सरोकारवालाले जनाएका छन् ।

सूचीमा समावेश भएको रुकुम पश्चिमको गोतामकोट–चित्रिपाटन साहसिक मार्ग, सुर्खेतको गिद्देडाँडा पर्यटकीय क्षेत्र र मदन–आश्रित पार्कबारे स्थानीय बासिन्दालाई समेत जानकारी नभएको तर पर्यटकको आकर्षणको केन्द्र रहेका सुर्खेतको बुलबुले र बराहताल सूचीमा नअटाएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर