newskoseli.Com

गर्भवती भए निकुञ्जभित्रका दर्जन ढोई…

राष्ट्रिय निकुञ्जभित्रका एक दर्जनभन्दा बढी ढोई गर्भवती भएका छन् । चितवनमा मात्र दुई वटा ढोईले बच्चा (छावा) जन्माइसकेका छन् भने सात वटा ढोई गर्भवती छन् ।

त्यस्तै, बर्दियामा दुई वटा ढोईले बच्चा जन्माउन साँझबिहान भएका छन् । कोशी टप्पु, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका ढोईले भने यस पटक बच्चा पाउने पत्तो छैन ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार यसअघि दुइटा ढोईले छावा जन्माइसकेका र बाँकी सात वटा गर्भिणी अवस्थामा छन् । चितवन राष्ट्रिय निकुञ्जमा अहिले ६० वटा हात्ती छन् ।

बर्दियामा रहेका १३ वटा हात्तीमध्ये दुई वटा हात्तीले यस पटक बच्चा जन्माउने भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अशोक भण्डारीका अनुसार निकुञ्जमा रहेका नौ वटा पोथीमध्ये दुई वटा पोथीले बच्चा जन्माउने भएका छन् ।

उता, शुक्लाफाँटामा सात वटा हात्तीको दरबन्दी छ र तीमध्ये पाँच वटा ढोई छन् । पर्सा राष्ट्रिय निकुञ्जमा १० वटा हात्तीको दरबन्दीमा कुनै पनि ढोईमा गर्भ नबसेको खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर