newskoseli.Com

किन ‘पुरुषहीन’ बने यी दुई गाउँ ?

सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्षमाथि कुटपिट एवं गोली प्रहारबाट एक जनाको मृत्यु र ७ जना घाइते भएपछि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समूहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुषविहीन बनेका छन् ।

घटनापश्चात दुई गाउँका पुरुष डरले भागेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । ‘अनावश्यक डर–त्रासले खैर्वा र बोहर्वा दुई गाउँ पुरुषविहीन भएको छ,’ प्रहरी उपरीक्षक पोखरेलले भने– ‘पक्राउ पर्ने डरसले सबै पुरुष भागेको हुन सक्ने हाम्रो अनुमान छ ।’

लोकतन्त्र संस्थागत भएको र पूर्ण शान्ति बहाल भनिएको वर्तमान सन्दर्भमा समेत दुई गाउँ ‘पुरुषविहीन’ बन्न पुगेको यो खबर सोमबारको अन्नपूर्ण पोस्टमा दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर