newskoseli.Com

नगरपालिकाका मेयरमाथि होटलमा ‘रामधुलार्इ’ !

स्याङ्जाको चापाकोट नगरपालिकाका प्रमुख शिव गिरी कालिकोट जिल्लामा कुटिएका छन् ।

उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट बिहीबार रारा भ्रमणका लागि निस्किएको थियो । शनिबार बेलुका रारा पुगेर फर्किएपछि कालिकोटको एक होलमा झगडा हुँदा गिरी कुटिएका हुन् ।

झगडामा घाइते गिरीको टाउकामा चोट लागेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । जिल्ला अस्पताल कालिकोटमा गिरीसँगै घाइते भएका उनका स्वकीय सचिव राजकुमार मल्ल, नगर प्रहरीका इन्चार्ज शोभित थापा र सवारी चालक सुनिल एसकेको उपचार भइरहेको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर