newskoseli.Com

भारतीय कांग्रेसको प्रश्न : नेपाल सरकारबाट किन मोदीलाई मात्रै महत्त्व ?

भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई) ले नरेन्द्र मोदीलाई मात्रै महत्त्व नदिन नेपाल सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा ‘उपयोग’ गरेकामा आलोचना गर्दै ‘सचेत रहन’ कांग्रेस आईले नेपाल सरकारलाई भनेको हो ।

उच्च कूटनीतिक स्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी (बीजेपी) लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ । आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेकनीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दैछ । यसै सन्दर्भमा उसले नेपालसँग पनि मोदीको विदेशनीतिको विषय उठाएको हो ।

नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको धारणा छ । उसले छिमेक यस्तोमा ‘उपयोग हुनु हुँदैन’ भन्दै ‘सचेत रहन’ औपचारिक–अनौपचारिक आग्रह गरेको हो ।

कांग्रेस आईले कूटनीतिक च्यानलमार्फत समेत यस्तो सन्देश प्रवाह गरेको दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले बताएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर