newskoseli.Com

तिहारमा ‘रेकर्डेड गीत’ बजाउन ‘प्रतिबन्ध’ !

रुपन्देहीका ‘स्थानीय सरकार’ ले तिहारलक्षित नियम बनाएका छन् ।

तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसी–भैलोमा ‘रेकर्डेड गीत’ बजाउन ‘प्रतिबन्ध’ लगाएको छ ।

मौलिक संस्कृति बचाउन गरिएको आग्रहविपरीत गीत बजाइए ‘कारबाही’ गरिने देवदह नगरप्रमुख हिरा केसीले बताए । ‘देउसी–भैलो खेल्दा विकृति बढेको विश्लेषण गरी यस्तो नियम बनाइएको हो’– उनले भने ।

नगरपालिकाले देउसी–भैलो टोलीलाई दिने ‘दान’ रकम समेत तोकेको छ । देउसी–भैलोमा ठूलो स्वरमा स्पिकर बजाए सामान बरामद गरिने चेतावनी समेत नगरपालिकाले दिएको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर