newskoseli.Com

‘साइकलमन्त्री’ सँग गाडीको यत्रो लस्कर !

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चैत २९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए– सवारी साधनका नाममा पुरानो साइकल मात्र !

त्यतिबेला ‘सादगी नेता’ भनेर उनको प्रशंसा भयो । यतिबेला भने तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ । मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएका छन् ।

उनको घरायसी कममा समेत सरकारी गाडी, इन्धन र चालक प्रयोग भैरहेका छन् । उनी मन्त्रालयले उपलब्ध गराउको ‘फोर्ड’ को सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् । यसबाहेक उनलार्इ गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर