newskoseli.Com

‘असन्तुष्ट’ पौडेल पक्षको छुट्टै भेला : पदाधिकारी पनि थप्नुपर्ने अडान

यसअघि सभापति शक्तिशाली हुने गरी पदाधिकारी थप्नु नहुने अडान राख्दै आएका कांग्रेस नेता रामचन्द्र पौडेल र उनी पक्षधरहरू यतिबेला भने केन्द्रीय सदस्यको संख्या थपिए पदाधिकारी पनि थप्नुपर्ने अडानमा उभिएका छन् ।

सोमबार पौडेलनिवासमा भएको गुटको भेलाले यस्तो निर्णय गरेको हो । ‘देश प्रादेशिक संरचनामा गएर स्थानीय तह र प्रदेशको समिति बन्ने भएपछि केन्द्रीय समिति यथावत् राख्दा पनि हुन्छ,’ छलफलमा सहभागी नेता अर्जुननरसिंह केसीले भने– ‘होइन, केन्द्रीय सदस्यको संख्या ८५ बाट बढाएर १ सय कटाउने हो भने पदाधिकारी पनि थप गर्नुपर्छ ।’

यसअघि संशोधित विधानको प्रारम्भिक मस्यौदामा केन्द्रीय सभापति निर्वाचित र बाँकी ९ पदाधिकारी मनोनीत गर्ने पहिलो विकल्प ल्याइएको थियो । दोस्रोमा मिश्रित रूपमा पदाधिकारी निर्वाचित हुने तथा तेस्रोमा सबै पदाधिकारी निर्वाचित हुने विकल्प थियो ।

यी कुनै पनि विकल्पमा पौडेल पक्षको स्पष्ट दृष्टिकोण आइनसके तापनि केन्द्रीय सदस्य थपिए पदाधिकारी पनि थपिनुपर्ने धारणा यस पक्षले बनाएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर