newskoseli.Com

२ घन्टा हेलिकप्टर उडाएर तेस्रो प्रयासमा निजगढको अनुगमन

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले प्रस्तावित निजगढ विमानस्थलको हवाई अनुगमन गरेको छ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको उपसमितिले करिव २ घन्टा हेलिकप्टरबाट उक्त क्षेत्रको अवलोकन गरेको हो । यद्यपि समितिले विमानस्थल निर्माण क्षेत्रको स्थलगत अनुगमन गरेन ।

प्रस्तावित विमानस्थलको निर्माण तथा वातावरणीय प्रभावबारे विभिन्न टीकाटिप्पणी भएपछि समितिले अनुगमनको निर्णय गरेको हो । निर्णयअनुसार अनुगमनका लागि उपसमिति गएको हो । दुई पटकसम्म अनुगमनको समय सरेपछि तेस्रो प्रयासमा अनुगमन भएको हो । उपसमितिक सदस्य, वन तथा वातावरण क्षेत्रका विज्ञ र दुई विभागीय मन्त्री समेत अनुगमनमा गएका थिए ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र पर्यटन मन्त्री रविन्द्र अधिकारी समेत अनुगमनमा सहभागी भए । सेनाको एमआई– १७ हलिकप्टरबाट २० सदस्यीय टोलीले विमानस्थलको अनुगमन गरेको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर