newskoseli.Com

राष्ट्रिय जनता पार्टी (राजपा) का महामन्त्रीमाथि भ्रष्टाचारको मुद्धा

निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेका राष्ट्रिय जनता पार्टी (राजपा) का महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोड भ्रष्टाचारको मुद्धा लागेको छ ।

महामन्त्री सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । सिंहले सरकारी सेवामा रहँदा १ करोड ११ लाख ६१ हजार ६ सय रुपैयाँ बराबरको अकुत सम्पत्ति अवैध रुपमा आर्जन गरेको अख्तियारको दाबी छ ।

सिंह गत वर्ष सहायक वन अधिकृत (राजपत्राकिंत पाँचौं) पदबाट राजीनामा दिएर राजनीतिमा लागेका थिए । उनलाई राजपाले प्रदेश सांसदको समानुपातिक सूचीमा समेत राखेको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर