newskoseli.Com

बालुवाटारबाटै सञ्चालित नेपाल सरकार : काममा छैन बिरामीको प्रभाव !

प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबारमा उपस्थित छैनन् ।

११ कात्तिकमा छोटो समय बसेको मन्त्रीपरिषद बैठक यता मन्तिपरिषद बैठक समेत बसेको छैन ।

प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण उनी सिंहदरबार आउन नसकेका हुन् भने मन्त्रीपरिषद बैठक समेत बस्न नसकेको हो । तर, प्रधानमन्त्री ओली अस्वस्थ हुँदा र मन्त्रिपरिषद बैठक नबस्दा पनि सरकारी काममा भने त्यसको अभाव देखिएको छैन ।

प्रधानमन्त्री ओली बिरामी भएर अस्पतालमै रहँदा पनि मन्त्रीहरुसँग छलफल गरे, अस्पतालबाट फर्किएर निवासमा आराम गर्दा पनि उनले मन्त्री र सचिवहरुसँग छलफल गर्न छाडेनन् । उनको सचिवालयले पनि सक्रियता देखाउँदा सरकार सञ्चालनमा भने प्रभाव नपरेको हो ।

प्रधानमन्त्री ओली बिरामी भएर अस्पतालको बेडमै भएका बेला १४ कात्तिकमा रक्षा, गृह र ऊर्जा मन्त्रीहरूसँग विभिन्न विषयमा छलफल गरेका थिए । १६ कात्तिकमा अस्पतालबाट डिस्चार्ज भएका ओलीले बालुवाटारबाटै सरकार सञ्चालनसम्बन्धी काम–कारबाही गर्दै आएको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर