newskoseli.Com

‘खटाएका ठाउँमा जाऊ, नत्र घर जाऊ’ : कर्मचारी समायोजन ऐन

कर्मचारीलाई पहिले रोज्‍न लगाउने, नरोजे केन्द्र आफैंले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकाश दिनेसम्मको व्यवस्‍था कर्मचारी समायोजन ऐनमा राखिएको छ ।

समायोजन नरोज्‍ने कर्मचारीलाई केन्द्रले प्रदेश र स्थानीय तहमा खटाउने संघीय तथा सामान्‍य प्रशासन मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले जानकारी दिए । बाटोको म्‍याद बाहेक ३५ दिनभित्र कर्मचारी समायोजन गरिएको प्रदेश र स्थानीय तहमा हाजिर हुनु पर्नेछ ।

‘९० दिनभित्र पनि हाजिर नहुने कर्मचारीलाई अवकाश दिन सक्‍ने व्यवस्था गरिएको छ, कि पठाएका ठाँउमा जानुपर्‍यो कि छोड्नुपर्‍यो’– मन्त्रालयका निमित्त सचिव अधिकारीले भने । कर्मचारी समायोजनाका लागि कर्मचारीको नाम, थर, ठेगनासहितको सम्पूर्ण विवरण सफ्टवेयरमै तयार पारिने जनाइएको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर