newskoseli.Com

बच्चा समेत दमका रोगी ! काठमाडौंमा धुलोको दुष्प्रभाव…

सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानका सडक सद्दे छैनन् ।

भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत र विस्तारकार्य सम्पन्न नहुनु, सवारी साधनको चाप अत्यधिक हुनु र विशाक्त धुवाँ फ्याँक्ने पुराना यातायातका साधन विस्थापन नहुनाले उपत्यकावासी वर्षौंदेखि धुलो र धुवाँबाट आजित छन् ।

धुलोका कारण बच्चादेखि वृद्धवद्धा समेत प्रभावित भएको चिकित्सकहरुको भनाइ छ । ‘अहिले वृद्धवृद्धा र तन्नेरी मात्र होइन, बच्चामा समेत दमको समस्या अत्यधिक पाइएको छ,’ छातीरोग विशेषज्ञ दीर्घसिंह बमले भने– ‘धुलोले जनाताको स्वास्थ्यमा यति गम्भीर असर गरेको छ कि यसलाई कसैले गम्भीरतापूर्वक लिएकै छैनन् ।’

राजधानीमा धुलोको दुष्प्रभाव बारेको यो खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर