newskoseli.Com

प्रहरीकै गाडीमाथि यस्तो ‘चेक–जाँच’ !

धनगढीमा फुटबल खेल्न गत अप्रिलमा आएका आइभोरीकोस्टका एरोना नामका व्यक्तिलाई आफ्नो देशको प्रवेशाज्ञा नभएको अरोपमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गौरीफन्टाबाट पक्राउ गर्‍यो ।

‘सीसीटीभी फुटेज’ केलाउँदा ती व्यक्तिलाई नेपाल प्रहरीकै एक नायब निरीक्षककले मोटरसाइकलमा धनगडी सीमा पार गराएको दाबी एसबएसबीले गर्दै आएको छ । धनगढीस्थित एक प्रहरी अधिकारीका अनुसार एसएसबीका अधिकृतले द्विपक्षीय बैठकमै यो कुरा उठाएका थिए । तर, नेपाली अधिकारीले भने त्यस घटनाबारे अनभिज्ञता जनाएका थिए ।

उक्त घटनापछि एसएसबीले केही महिना नेपाल प्रहरीका गाडी समेत ‘चेक–जाँच’ गरेर मात्रै आवत–जावत गर्न दिने ‘नियम’ बनाएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर