newskoseli.Com

सीमावर्ती क्षेत्र ‘दारु पिउने’ अखडा !

दुई वर्षअघि भारतको बिहार राज्यमा मदिरा (रक्सी) मा प्रतिबन्ध लगाइएपछि नेपालको तराई–मधेसका सीमावर्ती क्षेत्र बहिारवासीहरुको ‘दारु पिउने दरुवा’ को अखडाजस्तै बनेको छ ।

सीमा क्षेत्रका झुपडीका मदिरा पसलहरु अहिले झकिझकाउ छन् । दारु पसलका बोर्डहरु कुनै विशेष समारोहका लागि बनाइएका स्वागतद्वारजस्तै गरी सजाइएका छन् । साँझ परेसँगै सीमापारि र वारिकै पनि ‘दरुवा’ हरुको भीडभाड बढ्छ ।

रङ्गीचंगी बत्तीसँगै हिन्दी गीत बज्न थाल्छन् अनि सम्साँझै सुनसान हुने सीमाका बजार मध्यरातसम्म गुल्जार हुन्छन् । साँझ पर्नासाथ भारतको बिहारका नाकाबाट ‘दारुपारखी’ हरु नेपाल आउन थाल्छन् । कोही सवरी साधन हुइँक्याउँदै आउँछन् भने भने कोही हिँडेरै आउँछन् ।

तराई–मधेसको सीमावर्ती क्षेत्रमा अहिले सबभन्दा बढी फस्टाएको बजार नै मदिराको भएको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर