newskoseli.Com

कुखुरालाई सुनाइन्छ लोकगीत, त्यो पनि प्राविधिक नै खटिएर ‘वुफर’ बाट !

कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोकगीत । चन्द्रपुर– ४ स्थित ठाडाटोलमा सञ्चालित आर्इएस पोल्ट्री फार्मका कुखुरामा नियमित लोकगीत सुन्ने यस्तो बानी परेको छ ।

कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा ‘वुफर’ झुन्डाइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाइन्छ । गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् । त्यति मात्र होइन, कुखुरालाई गीत सुनाउन एक जना प्राविधिक नै खटिएका छन् ।

फार्म आसपास कुनै गाडी वा ठूलो आवाजसहित मानिस दौडिँदा पनि कुखुरा तर्सिने र एक–अर्कामा च्यापिएर मर्न सक्ने भएकाले ती कुखुरालाई लोकगीतको तालमा झुम्ने बानी पारिएको सञ्चालक फिरोज श्रेष्ठले बताए ।

संगीतको तालमा ध्यानमग्न भएपछि कुखुराले अण्डा धेरै पार्ने उनको दाबी रहेको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर