newskoseli.Com

‘आगो निभाउन’ पुग्यो पानीविनाको दमकल !

बैतडीमा पानीविनाको दमकल राख्ने गरिएको पाइएको छ । पाटन नगरपालिका– ४ वस्ती ,जोलबाँजमा आइतबार बिहान आगलागी हुँदा ‘आगो निभाउन’ पुगेको थियो– पानीविनाको दमकल !

स्थानीय शेरसिंह महारको खरको थुप्रो र परालमा आगलागी हुँदा करिव ७० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन, बैतडीले जनाएको छ । आइतबार बिहान साढे ४ बजे घरपरिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरे ।

त्यसपछि प्रहरी टोली घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय पाटन, बैतडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए । त्यसपछि बोलइएको दमकल आगो निभाउन भन्दै पानीविना रित्तै पुगेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर