युवती प्रयोग गरेर व्यवसायीहरूलाई अपहरण गरी पैसा असुल्ने गिरोहका मुख्य योजनाकारका रूपमा प्रहरीले पक्राउ गरेका व्यक्ति साधारण तारेखमा छुटेका छन् ।
सिन्धुलीका पुष्पराज श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाडेको हो । सिन्धुलीकै ठेकेदार रमेश कुँवरलाई बन्धक बनाई श्रेष्ठ नेतृत्वको गिरोहले दुई वर्षअघि फिरौती लिएर छाडेको थियो । सो मुद्दामा पाँच जना यसअघि नै पक्राउ परेकामा श्रेष्ठ भने फरार थिए । महानगरीय अपराध महाशाखाले उनलाई २६ भदौमा गुन्डागर्दीको आरोपमा पक्राउ गरेको थियो ।
पक्राउ गर्दा उनी अपहरण मुद्दाका समेत फरार अभियुक्त भएको खुल्यो । तर, अनुसन्धान प्रक्रियामै चलखेल गरेर उनी साधारण तारेखमा छुटेको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।