प्रधानमन्त्री केपी ओली बिरामी भएपछि झन्डै १५ दिनदेखि रोकिएको मन्त्रिपरिषदको बैठक आइतबार बस्यो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १६ वटा निर्णय गर्यो । बैठकलगत्तै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चारकर्मीसामु उपस्थित भए तर बैठकका कुनै निर्णय सार्वजनिक गरेनन् ।
‘पत्रकार साथीहरु, अलि लामो समयपछि आज मन्त्रिपरिषद् बैठक बस्यो, धेरै विषयमा छलफल भयो, आवश्यक निर्णहरु गरिएको छ, समयक्रममा तपाईंहरुले थाहा पाइहाल्नुहुन्छ,’ उनले भने– ‘डिटेल दिन केही प्रबन्ध गर्दैछौं, फरक व्यवस्थापनमा आउँछौं होला ।’
सरकारका प्रवक्ताले निर्णय सार्वजनिक नगरे पनि मन्त्रिपरिषदका अन्य सदस्यले भने सञ्चार माध्यमहरुलाई निर्णयका सूचना चुहाए । सूचना त बाहिर आइहाल्यो । तर, सरकारले सूचना लुकाउन खाजेको भन्दै व्यापक आलोचना चाहिँ भैरहेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।