स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा पहिलो पटक महिला विशिष्ट श्रेणीमा पुगेका छन् ।
प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआर्इजी बनेकी छन् । डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानीचिह्न लगाइदिएका छन् ।
आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआर्इजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआर्इजीका रूपमा उनले अब प्रहरी अस्पताल प्रमुखको जिम्मेवारी सम्हाल्नेछिन् । यसअघि नेपाल प्रहरीमा डीआर्इजी पदसम्म मात्र महिला पुगेका थिए । पार्वती थापा र विमला थापा सात वर्षअघि डीआर्इजी भएका थिए ।
उनीहरूको अवकाश सोही पदबाटै भएको थियो । उनीहरूलाई विशेष पद सिर्जना गरेर डीआर्इजी बनाइएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।