भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ ।
धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भैसकेको छ । काम सुरु भएको दुई वर्षभित्र धरहरा तयार भइसक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी जीआर्इर्इटीसी रमन जेभीलाई पुननिर्माणको जिम्मेवारी दिइएको प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले बताए । अब बन्ने धरहरा लिफ्टसहितको हुनेछ ।
धरहर निर्माणका लागि साढे ३ अर्ब रुपैयँ खर्च हुने बताइएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।