newskoseli.Com

निर्मला पन्त प्रकरण : गाउँले पनि शंकाको घेरामा, ४ जनाको डीएनए रिपोर्ट आयो…

निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै ‘अनुसन्धान’ सुरु गरेको छ ।

न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको बेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर खनुसन्धान थालेको हो । उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । प्रहरीले शंका गरेका चार व्यक्तिको डीएनए रिपोर्ट समेत आइसकेको छ ।

केन्द्रीय प्रविधि विज्ञान प्रयोगशाला काठमाडौंले काठमाडौंमै रहेका कञ्चनपुरका प्रहरी अधिकृतलाई बुधबार रिपोर्ट दिएको छ । ‘सरकारी वकिलको सल्लाहमा खोल्छौं’– कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले बताएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर