newskoseli.Com

कतारमा ५ नेपाली १ महिनादेखि थुनामा

करिव एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अझै अज्ञात छ ।

सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथि समेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाइएको छैन । घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् ।

पक्राउ पर्नेमा एनआरएन मध्यपूर्व संयोजक राजेन्द्रकुमार आरके शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ण ढकाल छन् । क्षत्री शाखाका उपाध्याक्ष समेत हुन् ।

अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेको र सोही कार्यक्रमबाट अपमानपूर्वक पक्राउ गरिएका नेपाली अझै रिहा नभएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर