newskoseli.Com

सन्दीपले फेरि आईपीएल खेल्ने पक्‍का

नेपाली युवा ‘लेग स्पिनर’ सन्दीप लामिछानेले सन् २०१९ को सिजनमा पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग ‘इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन् ।

उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो । आईपीएलमा खेलाडी अक्सनअघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ । त्यही अधिकार प्रयोग गर्दै दिल्लीले सन् २०१९ का लागि १४ खेलाडी सुरक्षित गर्दा सन्दीप पनि परेका हुन् ।

दिल्लीले रिटेनसम्बन्धी जानकारी सन्दीपलाई बिहीबार बिहानै गराएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर