newskoseli.Com

सांसदलाई जथाभावी बाँडियो उपचार खर्च, शान्तिकुमारीले लिइन् सबैभन्दा बढी

संघीय संसदका सांसदले २ हजारदेखि २ लाख रूपैयाँसम्म उपचार खर्च बुझेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका ४० जना सांसदले झन्डै ७ लाख उपचार खर्च लिएको जानकारी संघीय संसद् सचिवालयले दिएको छ । फागुन २१ देखि संसदको बैठक प्रारम्भ भएयता उपचार खर्चका लागि सचिवालयमा सांसदका निवेदनको चाङ लागेका छन् ।

सचिवायलयमा कार्यरत चिकित्सकको टोलीले उपचार खर्चको बिलमाथि अनुसन्धान गरेर यकिन रकम मात्र उपलब्ध गराउने सचिवालयको भनाइ छ । सत्तासीन नेकपाकी राष्ट्रियसभा सांसद् शान्तिकुमारी अधिकारीले सबैभन्दा बढी २ लाख २३ हजार ९ सय २९ रुपैयाँ उपचार खर्च लिएकी छन् ।

सांसद् अधिकारीले जेठ ३१ र भदौ २४ मा दुई पटक सचिवायलयबाट उपचार खर्च लिएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर