newskoseli.Com

विघटनको संघारमा कांग्रेस भ्रातृसंगठन नेविसंघ !

माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अन्योलमा परेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष संघको नेतृत्व आफ्नो अनुकूल बनाउन सक्रिय रहँदा संघको वैधानिक व्यवस्था मात्र होइन, वर्तमान नेतृत्वको थपिएको कार्यकाल सकिन लाग्दा समेत महाधिवेशन नै अनिश्चित बनेको हो । नेविसंघ नेतृत्वको दुईवर्षे कार्यकाल भदौ २ मा सकिएपछि विधान बमोजिम ३ महिनाका लागि कार्यकाल थप गरिएको थियो ।

थपिएको कार्यकाल मंसिर २ मा सकिन लाग्दा समेत संघको महाधिवेशनको मिति नतोकिएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर