newskoseli.Com

ओली र प्रचण्डको आ–आफ्नै ताल, कार्यकर्ताको बेहाल !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ ।

पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ । एकता प्रक्रियालाई टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै पर्याप्त ध्यान नदिएको आरोप सचिवालयका नेताहरुले नै लगाउन थालेका छन् ।

अध्यक्षद्वयले ध्यान नदिँदा र एकता नटुंगिँदा प्रदेश, जिल्ला, स्थानीय तह र जनवर्गीय संगनमा रहने लाखौं नेता–कार्यकर्ता के गर्ने र कसो गर्ने भन्ने अन्यौलमा फस्न पुगेका छन् । यो वअस्थाले उनीहरूलाई बेहाल अवस्था भोग्न बाध्य बनाइरहेको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर