newskoseli.Com

माइक्रोबसका चालक र सहचालकलाई अनिवार्य पोसाक, नलगाए ५ सय जरिवाना

ट्याक्सी चालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ ।

शनिबार (आज) देखि लागू हुने गरी माइक्रो बसका चालकलाई सुन्तला र सहचालकलाई हरियो रङको ज्याकेट लगाउन अनिवार्य गरिएको हो ।

यी ज्याकेटमा फ्लोरोसेन्ट राखिएको हुन्छ । ‘यातायात व्यवस्था ऐनमै चालकले विशेष खालको पोसाक लगाउनुपर्ने व्यवस्था छ त्यसैले नियम कार्यान्वयनमा मात्रै ल्याएका हौं,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने– ‘तोकिएको ड्रेस नलगाए कारबाही गरिनेछ ।’

तोकेको ज्याकेट नलगाउने चालकलाई पटकैपिच्छे ५ सय रूपैयाँ जरिवाना भराइने एसएसपी पन्तले बताए । पहिलो दिन ५० देखि ७० प्रतिशत माइक्रोका चालक र सहचालकले नियम पालना गर्ने प्रहरीको अनुमान छ । चालकहरूलाई एक हप्तासम्मको अवसर दिइनेछ । त्यसपछि पनि नियम नमाने कारबाही गर्ने योजना छ ।

ट्राफिक महाशाखाका अनुसार उपत्यकाभित्र सेतो रङका करिव ९ सय ठूला र नीलो रङका १ सय ७० साना माइक्रो रहेको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर