newskoseli.Com

३ दिनभित्र परिषद खालि गर्न चिठी : भोलि उठी कहाँ जाने…

लैनचौरस्थित समाज कल्याण परिषद कार्यालय परिसरमा शुक्रबार दिउँसो छिर्दा कर्मचारीहरू निराश देखिन्थे ।

भवन विभागका सचिव–सहसचिवसहितको टोली आएर नाँपजाँच गरिसक्यो । परिसर वरपर रहेका घाँस र झाडी शुक्रबारै काटियो । परिषदलाई तीन दिनभित्र कार्यालय खालि गराउन सरकारले बुधबार निर्देशन दिएपछि परिषदमा अनिश्चितता छाएको हो ।

आफ्नो भवन र जग्गा उपराष्ट्रपतिलाई सुम्पिने निश्चित भएपछि कर्मचारी निराश र आक्रोशित देखिए । उनीहरू सामाजिक कामका लागि चन्दाबाट जोडिएको भवन र जग्गा गुमाउन चाहँदैनन् । दानबाट प्राप्त भएको परिषदको जग्गा ०३७ सालमा सरकारको स्वामित्वमा गएको थियो ।

कर्मचारीहरू सरकारी निर्णयको कडा प्रतिवाद गर्न सकिरहेका छैनन् । तर, शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै आन्दोलनका थप कार्यक्रम गर्ने उनीहरूले जनाएको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर