newskoseli.Com

प्रमुख दलहरूको हविगत : नेकपा ‘प्यारालाइज्ड’, कांग्रेस ‘सुस्त’ !

नेकपा र कांग्रेस दुई ठूला पार्टी । नेकपा सत्ताधारी, कांग्रेस प्रतिपक्षी । संसदीय व्यवस्थामा मुलुक हाँक्नका लागि सत्तारुढ र प्रतिपक्षि दुवै दलको भूमिका रहन्छ ।

यी दुवै दल भने अहिले आफ्नो भूमिका निर्वाहमा कमजोर छन् । दुवैका संगठन राम्ररी चलेका छैनन्, आन्तरिक किचलोमा फसेका छन् ।

‘प्यारालाइज्ड’ नेकपा : एकताको पाँच महिना बितिसक्दा पनि नेकपा तल्लो तहसम्म एकजुट बन्न सकेको छैन, जसका कारण संगठन ‘प्यारालाइज्ड’ भएको छ ।

‘सुस्त’ कांग्रेस : विधान र महासमितिको किचलो टुंगिन नसकेकै बेला अहिले एकता प्रक्रियाबाट जोडिएका विजयकुमार गच्छदारलाई उपसभापति बनाइएको विषयले कलह थपिएको कांग्रेस यसैउसै पनि सुस्त रहेको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर