newskoseli.Com

छोरो सम्झेर जब भक्कानिए प्रचण्ड…

वर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छापेको थियो ।

तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचमा होमिएको अघिल्लो वर्षको मंसिर १ गते, त्यतिखेरको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भएको चुनावी सभामा सम्बोधन गर्न झापा पुगेका थिए ।

झापाको सभा सकेर उनी काठमाडौं फर्किने तरखर गर्दै थिए । अचानक काठमाडौंबाट एउटा अपत्यारिलो खबर आयो, जसले उनी छाँगाबाट खसे झैं भए । ‘अघिल्लो वर्ष मंसिर २ गते, झापामा केपी ओलीजीको चुनावी क्षेत्रमा थिएँ,’ दोलखाको सदरमुकामा चरिकोटमा दाहालले वर्ष दिनअघिको घटना सम्झिँदै शनिबार भने– ‘राजधानी फर्कने तरखबर गर्दै थिएँ, अचानक एउटा खबर आयो, प्रकाश अब रहेनन्… !’

यति भनेपछि दाहालका गला अवरुद्ध भएका थिए । उनी बोल्नै सकेनन् । केही बेर भक्कानिए । चरिकोटको टुँडिखेल मैदानमा उनलाई सुन्न बसेकाहरु स्तब्ध बनेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर