नेपाली सेनाका सबै अधिकृतको शैक्षिक प्रमाणपत्रमाथि छानबिन सुरु भएको छ ।
सरकारले मान्यता नदिएका संस्थाका तथा नक्कली प्रमाणपत्र पेस गरेर सेवा प्रवेश गरेको आशंकामा सैनिक मुख्यालयले अधिकृत तहका कर्मचारीको शैक्षिक योग्यता पुनः प्रमाणीकरण गर्न लागेको हो ।
सेवा प्रवेश तथ बढुवाका क्रममा अधिकृतहरुले पेस गरेका सबै शैक्षिक प्रमाणपत्रमाथि छानबिन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिएको खबर आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।