newskoseli.Com

आँधीका कारण ३३ जनाको मृत्यु, १ लाख ७७ हजार ५ सय घरबारविहीन

भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको जानकारी प्रकोप व्यवस्थापनसम्बन्धी निकायका उच्च अधिकारीहरुले दिएका छन् ।

‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघन्टा १ सय २० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । तमिलनाडु राज्यमा शुक्रबार आएको आँधीका कारण हजारौं रुखहरु भाँचिएका छन् भने ठूलो संख्यामा घरहरु भत्किएका छन् ।

घरबारविहीन भएका हजारौं स्थानीय बासिन्दालाई शिविरहरुमा राखिएको छ । मृत्यु हुनेमा २० जना पुरुष तथा ११ जना महिला रहेका छन् । आँधीमा परेर दुई जना बालबालिकाको समेत मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

‘घरबारविहीन भएकाहरुको संख्या १ लाख ७७ हजार ५ सय पुगेको छ र उनीहरुलाई ३ सय ५१ वटा शिविरमा राखिएको छ’– एक सरकारी अधिकारीले पत्रकारहरुलार्य बतए ।

प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पालानीस्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिइने घोषणा गरेका छन् । अधिकांशको मृत्यु बाढीले बगाएर, घरहरुले च्यापेर र विद्युतीय गढबढीका कारण भएको एजेन्सीहरुले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर