newskoseli.Com

‘बलिया’ उम्मेदवार निवर्तमान राष्ट्रपतिलाई हराएका सोलिहले लिए राष्ट्रपतिको सपथ

मालदिभ्समा सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा बहुमत प्राप्त गरेका इब्राइम मोहम्मद सोलिहले शनिबार राष्ट्रपतिका रूपमा सपथग्रहण गरेका छन् ।

उनले मालदिभ्सका शक्तिशाली नेता अब्दुल्लाह यमीनलाई पराजित गरेका थिए । यमीनलाई चीनको बलियो समर्थन रहेको थियो भने सोलिहलाई भारतीय समर्थन रहेको विश्वास गरिन्छ ।

प्रतिपक्षी दलका चर्चित नेता विभिन्न अभियोगमा जेल र विदेश निर्वासनमा रहेको समयमा भएको राष्ट्रपतीय निर्वाचनअघि खासै चर्चा नपाएका ५४ वर्षीय सोलिहले माल्दिभ्सका तत्कालीन राष्ट्रपति यमीनको अपेक्षाविपरीत निर्वाचनमा बहुमत पाएका थिए ।

राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आयोजना भएको संसदको विशेष समारोहमा सोलिहले सपथग्रहण गरे । समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका विदेशमन्त्री लु शुगाङलगायत स्वदेशी तथा विदेशी पाहुनाहरूको उपस्थिति थियो ।

मालदिभ्सले झन्डै ८० प्रतिशतभन्दा बढी कर्जा चीनसँग लिएको अवस्थामा भारत तथा युरोपेली मुलुकहरूको समर्थन रहेका सोलिहको सत्ता आगमनलाई विशेष चासोका साथ हेरिएको एजेन्सीहरुले जनाएका छन् । ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर