newskoseli.Com

यी ७ सहरमा हावा नै खतरनाक ! सावधानी अपनाउन विज्ञको सुझाव

एक सातादेखि काठमाडौं, चितवन, नेपालगञ्ज, दाङ, पोखरा, ललितपुर र सिमरा गरी सात सहरमा वायुको गुणस्तर खस्कँदै गएको पाइएको छ ।

यी सहरमा वायु प्रदूषण राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्यांक छ । यी सात सहरमा दुई दशमलव पाँच माइक्रोनका वायुको स्तर ६० पीपीएम (पार्ट पर मिलियन) भन्दा माथि काटेको छ । यो वायु २४सै घन्टा श्वासप्रश्वासका लागि योग्य होइन ।

श्वासप्रश्वासका लागि वायुको गुणस्तर सरकारले ४० पीपीएम तोकेको छ । तर, सात दिनयता नेपालगञ्जमा वायुको गुणस्तर निकै बिग्रिएको छ र शनिबार १ सय ४५ पीपीएमसम्म पुगेको छ । यसअघि त्यहाँ १ सय ३८ पीपीएम पुगेको थियो ।

राजधानीस्थित रत्नपार्कको स्टेसनले काठमाडौंमा ८८ देखि ९४ पीपीएम मापन गरेको छ । श्वासप्रश्वासका लागि यो अति नै हानिकारक हो । जबकि विश्व स्वास्थ्य संगठनले २५ पीपीएमसम्मको वायु मात्र श्वासप्रश्वासका लागि योग्य भनेको छ ।

वायुको गुणस्तर खस्किए पनि सम्बन्धित निकायले नियन्त्रण र सावधानीका कार्यक्रम ल्याउन भने सकेको छैन । गुणस्तर सुधारका लागि कार्यक्रम नरहेको विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए ।

जाडो बढेसँगै वायुको गुणस्तर खस्कने भएकाले सावधानी अपनाउन उनले सुझाव दिएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर