newskoseli.Com

तपाईं ‘मर्निङ वाक’ गर्नुहुन्छ ? होशियार ! खतरनाक छ…

सहरका सडक छेउछाउ ‘मर्निङ वाक’ गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् ! बाहिरी प्रदूषणका कारण हानिकारक कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ ।

त्यसैले यतिबेला सहरतिर ‘मर्निङ वाक’ गर्दा दूषित वायुका कारण फोक्सोलगायतका संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तन सक्छन् । बढ्दो वायुप्रदूषणका कारण ‘मर्निङ वाक’ नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ प्रा.डा. ढुण्डीराज पौडेलको सुझाव छ ।

‘सास फेर्दा थुलो–धुवाँका कण असर पुग्छ,’ उनले भने– ‘ठूलठूला कण श्वासप्रश्वास नलीमा अड्कन्छन्, मसिना कण भने सीधै फोक्सोमा पुग्दछन् ।’

‘२.५ माइक्रोनभन्दा साना कण सीधै फोक्सोमा पुग्छन् । फोक्सोबाट रक्तसञ्चार प्रणालद्वारारा मुटु, मिर्गौला, छालालगायतका अंगमा असर पुग्छ’– डा. पौडेललाई उद्धृत गर्दै यो खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर