newskoseli.Com

किन लुकाइयो उपसचिवको हाजिर कापी ? दुई पक्षबीच खोसाखोस…

सरुवा गरेर नगरपालिकामा खटाइए पनि जान नमान्ने उपसचिवलाई हाजिर गर्नबाट रोक्ने क्रममा दुई पक्षबीच हाजिर कापी खोसाखोस भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आइतबार हस्ताक्षर गर्न गएका उपसचिवको हाजिर कापी केन्द्रका कर्मचारीले लुकाएका थिए ।

हाजिर कापी नभेटेर हल्लीखल्ली भएपछि प्रशासन शाखाका कर्मचारीले लुकाएको जानकारी उपसचिवहरुले पाएका थिए । लगत्तै उनीहरु केन्द्रका महानिर्देशक बाबुराम पौडेललाई भेट्न गएका थिए ।

भेटमा पौडेलले भने उपसचिवहरुलाई जुन नगरपालिकामा खटाइएको छ, त्यहीं जान अनुरोध गर्दै सम्झाउने प्रयास गरेको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर