अब १०० नम्बरमा ‘एसएमएस’ पठाएर नेपाल प्रहरीलाई घटना र अपराधको जानकारी दिन सकिने भएको छ ।
प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो । यो सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेका छ ।
१३औं महानगरीय प्रहरी दिवसको अवसर पारेर निमित्त महानिरीक्षक पुस्कर कार्कीले सेवाको सुरुवात गरेको खबरर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।