जबर्जस्ती करणीको भिडियो खिचेर त्यसैलाई ‘हतियार’ बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
आफूलाई हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई प्रहरी परिसर ललितपुरले कात्तिक २७ मा पक्राउ गरेको हो ।
उनीविरुद्ध २५ वर्षीया एक युवतीले कात्तिक १४ मा उजुरी दिएको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।