newskoseli.Com

मेलम्चीका ठेकेदारलाई दिइँदै ३५ करोड ‘क्षतिपूर्ति’ !

मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने भएको छ ।

आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको हो । इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) ले भूकम्प, नाकाबन्दीलगायतका कारणले काम गर्न नपाएको भन्दै गत जेठमा कामै रोकेर १ अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो ।

आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलका अनुसार सोही विवाद समाधान गर्न बनेको समितिले १ अर्ब ६५ करोडको सट्टा ३५ करोड रुपैयाँ क्षतिपूर्ति भुक्तानी गर्ने निर्णय गरेको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर