newskoseli.Com

बसाइँ सरेर यहाँ आउनोस्, ३० हजार भत्ता बुझ्नोस् !

बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो– अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो वस्तीमा रहन चाहनेलाई ३० हजार रुपैयाँ ।

साविकका ५ गाविस गाभेर बनाइएको बौदीकाली पूर्वी नवलपरासीका ८ मध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो । गाउँपालिका अध्यक्ष दुर्गाहादुर राना मगरले भने– ‘जग्गाधनी पुर्जा भएकाहरु समेत खेतबारी बाँझै राखेर बसाइँ गएपछि जनघनत्व घट्यो, वस्ती रित्तिँदै गयो ।’

सबै वडाध्यक्षको सल्लाहमा गाउँसभाबाट भएको निर्णय सुनाउँदै उनले भने– ‘नयाँ आउनेलाई स्वागत गर्न यो उपाय उपयुक्त ठान्यौं ।’ गाउँपालिकाको आम्दानी बढ्दै गए भत्ता पनि बढाउँदै लैजाने योजना उनले बताए । ‘पढ्ने राम्रो विद्यालय छैन, उपचार गर्ने अस्पताल छैन, रोजगारी छैन त्यसैले गाउँमा बस्न कोही मान्दै–मान्दैन’– उनले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीका अनुसार वडा नं. २ को डेढगाउँमा बसाइँ सरी आउनेलाई २५ हजार र वडा नम्बर ४ को रुचाङ, ५ को बोबोक र ६ को नरममा बसाइँ सरी आउनेलाई ३०–३० हजार रुपैयाँ भत्ता दिने निर्णय भएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर