newskoseli.Com

पप्पुलाई ठेक्कापट्टामा रोक : राष्ट्रबैंक निर्माणको ठेक्का अन्योलमा

सरकारले पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा सहभागी हुन रोक लगाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै पप्पुमाथि यस्तो रोक लगाएको हो ।

पप्पुलाई नयाँ ठेक्कामा रोक लगाएसँगै राष्ट्रबैंकको बालुवाटारस्थित भवन निर्माणको ठेक्का अन्योलमा परेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले पप्पु विवादित भएकाले सबभन्दा कम रकम कबुल गरे पनि ठेक्का दिने निर्णय गरेको थिएन ।

बरु निर्णय फिर्ता गरिदिन माग गर्दै दसैंअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाए पनि अझै निर्णय हुन नसकेको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर