newskoseli.Com

भारतीय ‘कोस्टाल’ र नेपाली ‘पप्पु’ लाई ठेक्कापट्टामा रोक

गुणस्तरहीन र ढिलो काम गरेको आरोप खेपिरहेको भारतीय निर्माण कम्पनी कोस्टाल र नेपाली कम्पनी पप्पु कन्स्ट्रक्सनलाई सार्वजनिक ठेक्कापट्टामा रोक लगाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले यी दुई कम्पनीलाई सार्वजनिक खरिद (सरकारी ठेक्कापट्टा) मा रोक लगाएको हो । यी दुवै कम्पनीले यो प्रतिबन्ध फुकुवा नहुन्जेल सार्वजनिक खरिद प्रक्रिया (ठेक्कापट्टा) मा भाग लिन पाउने छैनन् ।

बाँकेमा निर्माणधीन सिक्टा सिँचाई आयोजना अन्तर्गतको डुडुवा शाखा नहरको काम सम्झौता अवधिमा सम्पन्न गर्न नसकेपछि यी कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय केही दिनअभि उक्त आयोजनाले गरेको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर