newskoseli.Com

पूर्वलडाकुले किन आँसु झार्दै गृह मन्त्रालयमै विष पिए ?

शान्ति सम्झौताको १२ वर्ष पुगेका दिन बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुगेका एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्याको प्रयास गरे ।

३५ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार साँझ विष सेवन गरेका हुन् । गृहमन्त्री थापालाई सामूहिक भेट्न गएको टोलीका साथ उनी गृहमन्त्रीको कार्यकक्षमा प्रवेश गरेका थिए । द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए । खान–लाउन समेत समस्या हुँदा पनि पार्टी र सरकारले केही नगरेको भन्दै उनले खल्तीबाट विष निकालेर सेवन गरे ।

सुरक्षाकर्मीले उनलाई तत्कालै वीर अस्पताल पुर्‍याएका थिए । उनले विष सेवन गरेको अस्पतालले पुष्टि गरेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भट्टराई पूर्वलडाकुहरूको एक समूहसँगै काठमाडौंमा बस्दै आएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर