newskoseli.Com

शृंखला खतिवडा ‘मिस वर्ल्ड’ को प्रतिस्पर्धामा पनि अगाडि

यस वर्षको ‘विश्व सुन्दरी प्रतियोगिता’ मा ‘मिस नेपाल’ शृखंला खतिवडा अग्रपंक्तिमा देखिएकी छन् ।

बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् । ‘मिस वर्ल्ड २०१८’ को प्रतिस्पर्धा चीनको सान्या सहरमा जारी छ ।

प्रतियोगितामा १ सय २१ देशका सुन्दरी सहभागी छन् । शृंखला उत्कृष्ट ३० मा छनौट भई अन्तिम चरणमा प्रवेश गरिसकेकी छन् ।

‘मिस वर्ल्ड’ का लागि खुला गरिएको ‘भोटिङ’ का आधारमा उनी बुधबार राति १२ बजेसम्म २८.५५ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन् । उनले ७२ हजार १ सय ८४ मत प्राप्त गरिसकेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर