newskoseli.Com

ओली पक्षको आरोप : माधव नेपालले ‘उचाले’…

नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २१ केन्द्रीय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेर्स्याएपछि ओली पक्ष्ले त्यसको आरोप वरिष्ठ नेता माधव नेपालतिर सोझ्याइदिएको छ ।

२१ जना केन्द्रीय सदस्यलाई माधकुमार नेपाल पक्षले नियोजित रुपमा उचालेको आरोप केपी पक्षले लगाएको छ । उक्त पक्षका एक वरिष्ठ नेताले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने– ‘यो माधवकुमारकै उक्साहटमा भएको हो, पार्टीभित्र समीक्षा हुन्छ । खासमा यो कसरत भोलिको सचिवालय बैठकलाई प्रभावित पार्ने खेल हो ।’

केही दिनअघि उक्त पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले संसदबाटै सरकार र पार्टी नेतृत्वको कटाक्ष गरेके कुरा स्मरणीय भएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर