newskoseli.Com

पूर्वसैनिकलाई ५ हजर १ सय ६० वर्ष जेल सजाय !

देशको गृहयुद्धका बेला भएको हत्याकाण्डमा क्रूर रहेको भन्दै ग्वाटेमालाका एक जना पूर्वसैनिकलाई ५ हजार १ सय ६० वर्ष जेल सजाय तोकिएको छ ।

ग्वाटेमालामा गृहयुद्धका बेला (सन् १९८२ मा) दोस एरिस नामक एक गाउँमा एकै पटक दुई सयभन्दा बढी मानिसको हत्या भएको थियो । ग्वाटेमालाको ३६ वर्षे क्रूर द्वन्द्वमा दोस एरिस हत्याकाण्डलाई सबैभन्दा हिंस्रक अध्यायका रुपमा लिइन्छ ।

सान्तोष लोपेज नामका ती सैनिक एक्लैलाई १ सय ७१ मासिनको हत्यामा जिम्मेवार ठहर गर्दै सो जेल सजाय भएको बीबीसीले जनाएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर