newskoseli.Com

विप्लवको प्रदर्शन र सभामाथि सरकारको ‘निगरानी’, ‘संविधानविपरीत’ लागे रोकिदिन सक्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘अर्धभूमिगत’ नेपाल कम्युनिस्ट पार्टीले शनिबार राजधानीमा गर्न लागेको जनप्रदर्शन र आमसभाप्रति ‘चासो’ दिँदै सुरक्षा निकायले ‘निगरानी’ सुरु गरेका छन् ।

आफूले वार्ताटोली गठन गरेपछि सो पार्टीप्रति सरकार ‘नरम’ बनेको भए तापनि विप्लव पक्षले वार्तामा बस्न ‘आनाकानी’ गरेको देखिँदा उसले शनिबार गर्न लागेको आमसभाप्रति सुरक्षा नियकाले ‘चासो’ व्यक्त गरेका हुन् ।

संविधानले दिएको अधिकारअनुसार सभा गर्दा कहीं–कतै अवरोध नहुने तर ‘संविधानविपरीत’ भए आमसभा नै गर्न नदिने तयारी सरकारी सुरक्षा अंगले गरिरहेको छ । मंसिर ८ मा काठमाडौंमा आमसभा गर्न नेकपा (विप्लव) ले भारतको राजधानी दिल्लीमा समेत प्रचारप्रसार गरेदेखि नै सुरक्षा निकायले ‘चासो’ व्यक्त गर्दै आएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर