newskoseli.Com

फेसबुकले नेपालबाटै लान्छ वर्षमा १३ अर्ब

फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अर्बौं रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

विज्ञापन तथा व्यवस्थापन प्रवर्द्धनका नाममा सामाजिक सञ्जालले ठूलो परिणाममा नाफा कमाइरहे पनि नियमन नहुँदा यस क्षेत्रबाट राज्यले करोडौं राजस्व गुमाइरहेको छ ।

सबैभन्दा ठूलो सामाजिक सञ्जाल ‘फेसबुक’ ले आफ्ना उत्पादन फेसबुक, हवाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासिफिक क्षेत्रका प्रयोगकर्ताबाटै ८ दशमलव ९२ मिलियन डलर आम्दानी गरेको थियो । यस वर्ष ९ दशमलव ९१ मिलियन डलर आम्दानी गर्ने अनुमान छ ।

एसिया प्यासिफिक क्षेत्रमा औसत १ करोड १० लाख नेपाली प्रयोगकर्ताबाट फेसबुकले गत वर्ष १२ अर्ब ७२ करोड रुपैयाँ लगेको छ । यही हिसाबले यस वर्ष फेसबुकले ६० खर्ब ७० अर्ब रकम कमाइ गरेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर